arrow

छ सय ९६ पालिकाको अन्तिम परिणाम आयो, कसलाई कति पालिका ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये छ सय ९६ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि रहेको छ । 

कांग्रेसले पालिका प्रमुखमा ३०८ सिट जितेको छ । कांग्रेसले अझै १९ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १८९ पालिका जितेको छ । १६ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले ११९ पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ । अन्यले २७ सिट जित्दा ५ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्रसँगै राप्रपा अगाडि छन् । नेमकिपा पनि समेटिएको छ । 

जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले २६ सिट जित्दा ६ मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा २ सिटमा अगाडि रहेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले १० सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २८२ सिट जित्दा १८ सिटमा अगाडि रहेको छ । 

एमालेले २१४ सिट जित्दा २४ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  १२३ सिट जित्न सफल भएको छ भने ६ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टी जसपाले २९ सिट जित्दा १ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा ३ सिटमा अगाडि छ । 

अन्यले १८ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ९ सिट जित्दा ३ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ