arrow

महागढीमाई फेरि कांग्रेसको कब्जामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
mahagadhimai-mayor-upamayor-2079.jpg

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानू  पुनः विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७ हजार ३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानूले ७ हजार ९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पान्जली देवीले ७ हजार १० मत पाइन् ।

कानूले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ