arrow

अज्ञात समुहद्धारा एक ब्यक्तिको गोली हानी हत्या

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Kapilvastui-hamrakura.jpg.jpeg
कपिलवस्तु। अज्ञात समुहले गए राति साढे १ बजेतिर कपिलवस्तुको सौराहा गाबिस– ३ बेलभरीयामा एक ब्यक्तिको गोली हानी हत्या गरेको छन्। घरको आगनमा सुतीरहेका २८ बर्षे राजु मल्लाहलाई सो समुहले टोउकोमा गोली हानी फरार भएको गाउलेहरुले बताए।
 
मृतकका पिता कुमार मल्लाहले सुतीरहेको आफनो छोरालाई अज्ञात ब्यक्तिले गोली हानेर भागेको बताए। मृतकको टाउको गोली लागे पछि घटना स्थल मै मृत्यु भएको थियो। गोलीको आवाज पछि गाउमा होहल्ला मच्चिएको थियो। प्रहरी उपरिक्षक बिष्णु केसीले अज्ञात समुहले राजुको हत्या गरी फरार भएको बताए।
 
मृतकको टाउको एक ठाउमा मात्र चोटको निशान देखिएको र गोलीले हत्या गरिएको हनु सक्ने बताए। घटना बारे थाहा पाए लगत्तै प्रहरी उपरिक्षक केसीको कमाण्डमा एक टोली राति नै घटना स्थल पुगेको थियो । घटनाको अनुसंधान र हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ। मृतकको लाशलाई पोष्टमर्टमकालागि तौलिहवा अस्पताल ल्याईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ