arrow

युनिलिभरका मजदूर यसकारण उत्रिएका थिए आन्दोलनमा

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
unilever.jpg.jpeg
काठमाडौं। कर्मचारी र मजदूरले गैरजिम्मेवार बनेर नचाहिँदो माग राखेको कारणले कम्पनी बन्द समेत हुनसक्ने स्थिती आएको व्यहोराको विज्ञप्ती जारी गर्दै उद्योग बन्द गरेर युनिलिभर हिन्दूस्तानतिर हिँडेको पनि हप्ता वितिसकेको छ। साउन २३ गते व्यवस्थापन र मजदूरहरूबीच सहमति भएर उद्योग बन्द नगर्ने सहमति गरेको भएपनि सहमति भएको भोलिपल्टै व्यवस्थापन पक्षले सहमति उल्लंघन गरेको मजदुरहरुको आरोप छ। 
 
बोर्ड बैठकको लागि भनेर भारततर्फ भएका व्यवस्थापकहरू पनि नेपाल फर्किसकेका छन्। तर पनि सहमति कार्यान्वयन गर्ने र उद्योग सञ्चालन गर्ने भन्दा पनि कम्पनी आफैं बोक्सी र आफैं धामी बन्ने बाटोतिर लागेको छ। 
 
कम्पनीका व्यवस्थापकहरूबीच सहमति भएको भोलिपल्टदेखि नै उल्लंघन गरेको युनिलिभरले मजदूरले बदनियत राखेर कम्पनीमा आन्दोलन गरेको आरोप लगाएपनि अहिले मजदूरहरूले माग गरेको कुरा पूरा गर्ने सहमति यस अघि पनि कम्पनीले गरिसकेको प्रमाण फेला परेको छ। 
 
पहिलो पटक २९ मे २०१६ मा भएको सहमतिमा युनिलिभरका तर्फबाट सप्लाई चेन तथा कारखाना प्रवन्धक अभिजित मुखोपाध्य, मानव संशाधन प्रवन्धक सुमित धर, सह उत्पादन प्रवन्धक विष्णुप्रसाद चौलागाईँ, वरिष्ठ वित्त अधिकृत अनुज डाँगी, मानव संशाधन अधिकृत विनोद प्रसाद शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिको कार्यान्वयनको माग गर्दै कामदारहरू आन्दोलनमा उत्रिएपछि व्यवस्थापकहरू भने कर्मचारीलाई आरोप लगाउँदै उद्योग बन्द गरेर बसिरहेका छन्। 
 
हामीलाई प्राप्त २९ मे को सहमति पत्रमा कामदारको तर्फबाट विभिन्न ट्रेड युनियन आवद्ध कर्मचारीहरू लालकृष्ण प्याकुरेल, जयराम धिताल, रविवाबु मल्ल लगायतले हस्ताक्षर गरेका थिए। उनीहरूबीच भएको सम्झौताको पत्र यस्तो छः
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ