arrow

सुडानमा इतिहासकै सबैभन्दा ठूलो खाद्य सङ्कट 

logo
सिन्हवा,
प्रकाशित २०७९ जेठ ९ सोमबार
south-sudan-clashes.jpg

खार्तोम । सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरूले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । 

यहाँका केही विज्ञहरूले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य सङ्कटको समस्या भोग्नुपरिरहेको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार यहाँको ४ करोड ५ लाख जनसङ्ख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।

यहाँ खाद्यान्नको सङ्कट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसै गरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरूले जनाएका छन् । 

युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि सङ्कट आइपरेको अधिकारीको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ