arrow

चुनाव जितेपछि वडाध्यक्षले सबै वडाबासीको बिजुलीको महशुल तिरिदिने गरे घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
kalu-singh-bhat-patan-9.jpg

बैतडी । पाटन नगरपालिका ९ का वडाध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिने उनले घोषणा गरेका हुन् । 

सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडाध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजय भएका हुन् । 

वडाध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च  गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन ।’

विद्युत महशुल वडाध्यक्षले तिरिदिने भएपछि स्थानीय  खुशी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ