arrow

देवाही गोनाहीमा एमालेले गाड्यो झण्डा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
CPN-UML-Flag.jpeg

रौतहट । रौतहटको देवाही गोनाहीमा नेकपा एमाले विजयी भएको छ । देवाही गोनाही नगरपालिकाको मेयरमा एमाले उम्मेदवार प्रेमलाल साह कानू ४ हजार २९२ मत ल्याई विजयी भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार मधुलिका रानी पटेललाई ८९५ मतान्तरले पराजित गरेका हुन् । पराजित मधुलिका रानीले ३ हजार ३९७ मत ल्याएकी छिन् ।

यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार परनियादेवी ४ हजार ४४५ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार ईश्‍वरीलालप्रसाद यादवले ३,५८० मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ