arrow

एमालेको पालिका नेतृत्वमा दोहोरो शतक पूरा, सात सय ३३ पालिकाको आयो अन्तिम परिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये सात सय ३३ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ । १८ पालिकाको मतगणना भइरहेको छ । 

नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकाको नेतृत्व गर्ने भएको छ । कांग्रेसले पालिका प्रमुखमा ३२१ सिट जितेको छ । कांग्रेसले अझै ५ पालिकामा अग्रता लिइरहेको छ । 

दोस्रो स्थानको नेकपा एमालेले दुई सय पालिका जितेको छ । ५ पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ । 

अन्य (स्वतन्त्र, राप्रपा, विवेकशील, नेमकिपालगायत) ले ३० सिट जित्दा ३ मा अग्रता कायम गरेको छ । 

नेकपा एकीकृत समाजवादीले १८ सिट जित्दा १ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १५ सिट जित्दा १ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २९६ सिट जित्दा ४ सिटमा अगाडि रहेको छ । 

एमालेले २३० सिट जित्दा १० सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  १२६ सिट जित्न सफल भएको छ ।

जनता समाजवादी पार्टी जसपाले ३० सिट जित्दा २ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २३ सिट जितेको छ । 

अन्यले १८ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ११ सिट जित्दा १ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ