arrow

ठूलो संख्यामा डिएसपीहरु सरुवा (नामावली)

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
nepal police.png.png
काठमाडौं। सरकार परिर्वतन भएको केही दिनमा नै प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। १२५ जना डिएसपीहरुलाई बिभिन्न ठाँउमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०७३ भाद्र महिनादेखि तलब, भत्ता समेत नयाँ सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ। सरुवा हुनेहरुमा महानगरीय प्रहरी बृत्त, थानकोटमा कृष्णप्रसाद पंगेनी, महाराजगंजमा गोविन्द पुरी, कालिमाटीमा नवराज अधिकारी, सिंहदरबारमा मनोहरप्रसाद भट्ट, कमलपोखरीमा महेश थापा, सातदोबाटोमा रामेश्वरप्रसाद यादब, ठिमीमा श्यामबाबु ओलिया, जनसेवामा सन्तोष आचार्य, बालाजुमा सन्तोष तामाङ रहेका छन। त्यसैगरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धानमा रहेका कुमोध ढुंगेल रामेछाप, बिश्वमणी पोख्रेल महानगरीय प्रहरी बृत महाराजगञ्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा सरुवा भएका छन्।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ