arrow

पोखरामा लागूऔषधसहित तीन युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
pakrauu.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २६ का ३० वर्षीया किशोर परियार, ३४ वर्षका ज्ञानबहादुर पुन र पोखरा ३१ लामास्वाराका वर्ष ३१ का विक्की भन्ने विकास गुरुङ रहेका छन् ।  

आइतबार ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरा २६ जरुवामा चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुको साथबाट लागूऔषध डाईजापाम-३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन-३० एम्पुल गरी जम्मा-९० एम्पुल र नाईट्रोभ्याट-१५ ट्याबलेट लागूऔषध र ३ थान मोबाईल बरामद भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ