arrow

पोखरा-१८ र ३१ मा पुनः मतगणना हुनुपर्छ : एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Dilip Neupane Pokhara.jpg

पोखरा । नेकपा एमालेले पोखराको दुई वटा वडाको मतगणनामा धाँधली भएको आरोप लगाएको छ । एमाले पोखरा महानगरका अध्यक्ष दिलीप न्यौपानेले पोखरा १८ र ३१ को मतगणना गर्दा धाँधली भएको आरोप लगाएका हुन् ।

अध्यक्ष न्यौपानेका अनुसार पोखरा १८ को नौ मत र ३१ को ३ मत मतपेटिकाबाट गायव भएको छ । उनले यी २ वटा वडामा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् । 

मतगणनाको क्रममा दुई वटै वडाका बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र नभएको भन्दै अध्यक्ष न्यौपानेले यसले आफूहरुलाई गम्भीर आशंका लागेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ