arrow

पुनःनिर्माणका लागि साझा सङ्कल्प र धैर्यता आवश्यकः ज्ञवाली

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
sushil_gyawali.jpeg
ललितपुर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माणका लागि साझा सङ्कल्प र धैर्यताको आवश्यकता भएको बताएका छन् । 
 
‘हामी’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले सरकार भूकम्पपीडितलाई पहिलो किस्ता चाँडो पुर्‍याउन लागेको बताए । 
 
उनले भने – “सही मार्ग पनि नछाड्ने र धेरै ढिलाइ पनि हुन नदिन लागेका छौँ ।” गलत मार्गमा नजाओस् भनेर दातृ निकायले धैर्यता नगुमाउन भनिरहेका छन् । 
 
सरकार मर्मतमात्रै गरे पुग्ने घरधनीले पुनःनिर्माणका लागि रकम लैजालान् भन्नेमा पनि उत्तिकै सहज रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनले भने – “वास्तविक भूकम्पपीडित र घर भत्काएर नै बनाउनेले मात्रै रु दुई लाख रकम पाउन सक्छन् ।” 
 
एकजना भूकम्पपीडित पनि राहत रकमबाट वञ्चित हुन नपर्ने उनको दाबी छ । खोकना, बुङ्गमति, साँघुलगायतका ५० भन्दा बढी पुराना बस्तीको पहिचान भएको छ । उनले भने – “खोकनालगायतका ठाउँमा लालपुर्जाको समस्या छ जुन चाँडो समाधान होस् भन्ने हामीले चाहेका हौँ ।” 
 
अधिकारकर्मी वन्दना राणाले पुनःनिर्माणको कार्य लैङ्गिकमैत्री होस् भनेर सिङ्गो विश्वले चाहेको बताए । ‘हामी’का अध्यक्ष मीनबहादुर शाहीले आगामी दिनमा भौतिक पूर्वाधार मात्रै नभएर सक्षम नागरिक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ