arrow

जित नजिक वालेन्द्र र सुनीता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना धमाधम भइरहेको छ । मत गणनामा लौरो चुनाव चिन्ह लिएका वालेन्द्र साह जित नजिक पुगेका छन् ।  

मङ्गलवार दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार साह ५१ हजार १८५ मतका साथ पहिलो स्थानमा रहेका छन् । 

स्वतन्त्र उम्मेदवार साह नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पर्दै कामपाको मेयर बन्न लागेका छन् ।

उनको पछि कांग्रेसकी उम्मेदवार सिर्जना सिंह रहेकी छिन् । कांग्रेसकी उम्मेदवार सिंहले ३२ हजार ७९ मत पाएकी छन् । 

 सिंह वालेन्द्र भन्दा १९ हजार १०६ मतले पछाडि छन् । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३१ हजार ४९२ मतका साथ तेस्रो स्थानमा छन् । वालेन्द्र स्थापित भन्दा १९ हजार ६९३ मतान्तरले अगाडि रहेका छन् । 

उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डङ्गोल बन्दै छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ