arrow

उपप्रधानमन्त्री निधिले भेटे भारतीय बिदेशमन्त्री स्वराजलाई

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Bimalendra-Nidhi-meets-Sushma-Swaraj-750x450.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । 
 
उक्त भेटमा उनिहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका थिए । 
 
निधिले आज साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गरेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ