arrow

ललितपुरमा दोहोरिए चिरिबाबु, मतदाताले भारी मतले जिताए मेयरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
chiribabu_maharjan.jpg
तस्बिर– फाइल

काठमाडौं । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा दोहोरिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जन दोस्रो पटक मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई भारी मतले हराएका हुन् । दुवैको मतको अन्तर १८ हजार १ सय ६२ रहेको छ । 

महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेको थियो ।  

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मतले मात्र व्यञ्जनकारलाई हराएका थिए । यसपालि सत्तागठबन्धनबीच यहाँ चुनावी गठबन्धन भएकाले पनि चिरिबाबुलाई जित्न सहज भएको हो । 

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छिन् । उनले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई हराइन् । उनले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । 

विजेताहरुले शुरुआतदेखि नै अग्रता लिँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ