arrow

प्रदेशसभा सदस्यलाई हराउँदै कांग्रेसका यादव बने मेयर 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ जेठ ११ बुधबार
gadhimai-mayor.jpg

गढीमाई । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका छन् । उनी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार श्यामप्रसाद यादवसँग पराजित भएका हुन् । 

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई यादवले पराजित गरेका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले भने ८ हजार ७३ मत ल्याए । कलाम मधेस प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए । 

त्यस्तै गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिताकुमारी यादव निर्वाचित भएकी छिन् ।

यादवले ६ हजार ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५ हजार ९०२ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ