arrow

यसरी मनाइयो गाईजात्रा

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Jyapu-Jyapuni-(1).jpeg
ललितपुर। यस वर्षको गाईजात्रा विभिन्न कार्यक्रम गरी उल्लासमय तवरले मनाइएको छ। मन्दिरबाट सुरु भएको जात्रा नगरका विभिन्न भागमा परिक्रमा गराइएको थियो। जात्रामा सहभागीले भिन्नभिन्न वेशभूषा लगाएर मनोरञ्जन दिएका थिए। आजका दिन एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उनीहरुको आफन्तले गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गर्ने प्रचलन छ। 
 
यसरी नगर परिक्रमा गर्नेलाई श्रद्धालुबाट विभिन्न फलफूल, दही, रोटी, केराउ आदि दान गर्ने चलन छ। दिवङ्गत भएकाहरुका आफन्तले मृतकको सम्झनामा नगर परिक्रमा गर्नाले सो वर्ष मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छ भन्ने जनविश्वास रहेको कृष्ण मन्दिरका पुजारी प्रतापधर शर्माले बताए। 
 
यसैगरी चापागाउँ, सुनाकोठी, थेचो, हरिसिद्धिी, ठैब लगायत क्षेत्रमा समेत गाईजात्रा पर्व मनाइएको छ। राजा प्रताप मल्लका पुत्र चक्रवर्तीन्द्रको निधनले रानी भावविह्वल भएर शोकमा डुबेका अवस्थामा दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन गाईजात्रा प्रारम्भ भएको जनविश्वास छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ