arrow

करणीको आरोप लागेका कुँवर कोहलपुरको हिरासतमा मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
koholpur-police.PNG

नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । जबरजस्ती कारणीको मुद्दामा इलाका प्रहरी कोहलपुरको हिरासतमा रहेका कोहलपुर १४ का ४६ वर्षीय कृष्णलाल कुँवर शौचालयमा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार  बिहान करिब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

हिरासत कक्षबाट शौचालय गएका कुँवर भेन्टिलेटरमा टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । कुँवरलाई  गत वैशाख १९ गते ७ वर्षे नावालिकालाई जबरजस्ती करणी गरेको प्रयासमा 'जबरजस्ती करणी उद्योग' को अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको मल्लले बताए । 

स्थानीय र आफन्तको रोहबरमा मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ