arrow

काठमाडौबाट सिन्धुली बर्दिवास हुदै पूर्व जाने सवारी साधनको भाडामा कटौती (भाडादर समेत)

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
highway-comes-as-a-boon-for-sindhuli-folks-600x0.jpeg
काठमाडौ । काठमाडौबाट धुलिखेल सिन्धुली बर्दिवास हुदै तराई बिभिन्न ठाँउ तथा पूर्वको झापासम्म पुग्ने साना तथा अन्य सवारी साधनको भाडा दरमा ब्ववस्थित बनाउदै भारी मात्रामा कटौती गरिएको छ ।
 
यस भन्दा अघि मनोमानी ढंगले ब्यवसायीले भाडा लिदा यात्रुहरु ठगिदै आएका थिए । यातायत ब्यवस्था बिभागले साउन २१ गतेको निर्णय अनुसार काठमाडौ सिन्धुली बर्दिवास तथा त्यही रुट भएर चल्ने साना तथा ठुला सवारी साधनको भाडामा एकरुपता ल्याउदै भाडामा कटौती गरेको हो । 
 
हाल लिइएको भाडा भन्दा बैज्ञानिक भाडा लिदाँ करिव ६० प्रतिशत सम्म कटौती भएको बताइएको छ । पूर्वको झापा सम्म यही बाटो भएर पुग्न बोलेरो गाडिमा रुपया १४०० सम्म यात्रुले तिर्दै आएका थिए भने अव भने रु ८८८ मात्र तिरे पुग्नेछ । 
 
अन्य सबै तिर यो रुट भएर जाने सवारीको भाडा घटाइएको छ । ब्यवसायीले मनोमानी गरेको भेटिए कडा कारवाही गरिने समेत जनाइएको छ । त्यसैगरी रुट नलिए चलाएको भेटिएमा समेत कडा कारवाही गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ