arrow

एमालेले जित्यो गरुडा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
kanthmani-prasad-talwar.jpg

रौतहट । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनीप्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । 

कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दुकुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । 

चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् । योसँगै  नेकपा एमालेले रौतहटमा तीन वटा पालिकामा जित हात पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ