arrow

संसद्‌मा ओलीले भने- रिजर्भ बैकको मेरो करोडौँ रकम सारियोस्

सांसदलाई ओलीको चुनौती - सम्पत्ति दान गरेर प्रश्न गर्नुस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
pm-kp-oli1.jpg

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो सम्पत्ति राष्ट्रका नाममा गरेर देखाउन प्रतिनिधी सभाका सांसदलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै  ओलीले यस्तो बताएका हुन् । 

ओलीले आफूमाथि अरबौँको सम्पत्ति भएको आरोप लगाउने कै नाममा सम्पत्ति सार्न आग्रह गरेका छन् ।  उनले भने ,' म माथि पनि थुप्रै आरोप छन् । एक टेलिभिजन कार्यक्रममा पत्रकारले सोध्दै थिए । केपी ओली सँग दुई खरब रुपैयाँ छ भन्ने सुनिन्छ के हो । ती विद्वानले केपी ओलीलाई पनि आफै जस्तो ठानेका रहेछन् । उनले भने त्यति त होइन म यकिन छु २० देखि ४० अरब रुपैयाँ चाहिँ केपी ओलीसँग छ । पत्रकारले खुसी हुँदै सोधे कहाँ होला त्यो पैसा । रिजर्भ बैकमा ।   आज यस सम्मानित संसद्को रोस्टमबाट भन्दै छु । रिजर्भ बैकले पनि सुनोस् मेरो कुरा रिजर्भ बैकमा मेरो जति सय करोड जति अरब छ सबै तिनै व्यक्तिको नाममा सारिदियोस् । रिजर्भ बैकमा मेरो जति छ त्यति सारियोस् । ' 

संसद्मा ओलीले आफ्नो सम्पत्ति राज्यको नाममा गरेको सुनाए । उनले भने 'मैले आफ्नो चल अचल सम्पत्ति राज्यको नाममा गरेको छु । मैले राज्यका नाममा सम्पत्ति ल्याउनका लागि भ्रष्टाचार गर्नुपर्ने ?  मैले मेरो र श्रीमतीको नामको सम्पूर्ण चल अचल सम्पत्ति राज्यको नाममा गरेको छु ।  ममाथि प्रश्न उठाउनु अघि कोही महानुभाव निस्कनुस् न  राज्यका नाममा सम्पत्ति  हस्तान्तरण गर्ने ।  केपी ओलीलाई मुख भरिको जवाफ दिन पनि यो सभामा घोषणा गर्नुस् त ।  तपाई हरू पनि राष्ट्रका नाममा ट्रस्टका नाममा दान गर्नुस्।  मैलै सम्पत्तिको लोभ गर्नुपर्ने कुनै कारण छैन । आफू नखानेले अर्कालाई किन खुवाउने ।' 

नेता ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको भन्दै राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको भनी सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे ।  उनले त्यस अवसरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन नसकेको आरोप पनि लगाएका छन् । उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको रूपमा रहेको निर्वाचन भयरहितरुपमा सम्पन्न हुन नसकेकामा गुनासो गरे । उनले राजनीतिक संवादहीनतामा राखिएको, राष्ट्रिय महत्त्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएको आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराए । 

उनले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्ता स्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि लगाए । उनले अहिले पनि लोकप्रिय मतमा साथ एमाले नै पहिलो दल भएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले “सम्माननीय राष्ट्रपतिले २०७९ जेठ १० गते मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०७९-८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ