arrow

महिलालाई बलात्कार गर्न खोज्ने विकास पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
pakrau9.jpg

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले महिलालाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका वर्ष ३७ का विकास लामिछाने रहेका छन् ।

प्रहरीका अनुसार लामिछानेले पर्वतकी एक महिलालाई जेठ ९ गते राति जबरजस्ती बलात्कार गर्न खोजेको भन्ने उजुरी परेको थियो ।  सोही उजुरीका आधारमा लामिछानेलाई पक्राउ गरी मुद्धा प्रक्रिया अघि बढाइएको छ । 

अभियुक्त लामिछानेबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पर्वतमार्फत जिल्ला अदालत पर्वतमा जबरजस्ती करणी उद्योग मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि १० दिनका लागि म्याद थप गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ