arrow

हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
postal-road-tarai.jpeg
गुलरिया (बर्दिया)। जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ।
 
वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ। जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले गुनासो गर्दै भने“खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी कम खर्च गरे पनि सडक जस्ताको त्यस्तै छ।”
 
“बरु त्यही कामले गे्रडिङ गरी सडक सम्म पारेको भए सजिल्लो हुन्थ्यो”, उनले भने। विसं २०७१ साउनको अन्तिम सातामा आएको बाढीले हुलाकी सडकमा पर्ने पुलपुलेसा र सडकमा क्षति पुर्‍याएको थियो।
 
भारतीय ठेकेदार कम्पनीबाट निमार्णाधीन हुलाकी मार्गको ठेक्का तोडिएपछि बाढीले भत्काएको सडक र पुल निर्माण अवरुद्ध भएको छ। बाढीले बिगारेको सडक र पुल मर्मतका लागि अर्थ मन्त्रालयले बजेट निकासा नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको छ। हुलाकी सडक आयोजनका प्रमुख तुरुन्त मण्डल सडक स्तरोन्नति र कालोपत्रे गर्न सरकारले रकम नदिएका कारण निर्माण हुन नसकेको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ