arrow

मेरो प्रधानमन्त्रीकाल, देश र जनताका पक्षमा काम गर्ने चुनौतीपूर्ण अवसर : प्रम दाहाल

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
dahal-bhetne-ko-hul.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको हितका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर भएको बताएका छन् । 
 
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास छिरेको गोरखा जौबारीको प्रतिनिधिमण्डललाई दाहालले देश र जनताको पक्षमा केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको सनाए । 
 
प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जन आकांक्षा  धेरै छन् । मेरा लागि चुनौतीपूर्ण अवसर छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास छ ।’ 
 
दाहालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । 
 
प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिए । भेटमा गोरखा जौबारीको प्रतिनिधिमण्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाका बारेमा प्रधानमन्त्री दाहाललाई गम्भीर हुन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ