arrow

रामचन्द्र भन्छन्–मन्त्री पठाउनका लागि देउवासंग छलफलै भएको छैन

म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु पर्‍याे नि !

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
ramchandra.jpg.jpeg
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको सुनाए ।
 
उनले भने, ‘मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।’ यद्यपि, पौडेललाई पाँच मन्त्री दिनेगरी देउवाले प्रक्रिया अघि बढाइसकेको बुझिएको छ । 
 
पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको पौडेको भनाई छ । 
 
मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उनले थपे, ‘म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु पर्‍याे नि ! ।’
 
फरक प्रसङ्गमा पौडेलले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताए ।
 
नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको आइतबारबाट काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने सुनाए । 
 
यस्तै, नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा पौडेलले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहका उम्मेदवारले विजय हासिल गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ