arrow

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पक्का गर्न सकेनन् महराले, ‘सकारात्मक’ भन्ने सन्देश मात्र ल्याए

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
mahara-news.jpeg
काठमाडौं । सरकारको विशेष दूत बनेर छिमेकी चीन भ्रमणमा गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा स्देश फर्किएका छन् । महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पक्का खबर ल्याउन सकेनन् । 
 
छेन्दुबाट एयर चाइनाको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका महराले पत्रकारहरुसंग भने, ‘ मैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको छुँ ।
 
चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो ।’ महराले लीलाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीलाई भ्रमणका लागि पठाएको निम्तो सुम्पिएका थिए । 
 
महराले थपे,  ‘दुवै देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहन्छन् । त्यही कुरा भएको छ ।’महराले आफ्नो चीन भ्रमण फलदायी भएको सुनाए पनि भ्रमणको पक्का पक्की गर्ने कार्य उनीबाट भएन । दाहालले भ्रमण पक्का गर्न भनेर महरालाई पठाएका थिए । 
 
राष्ट्रपतिको भ्रमणबारे सञ्चारकर्मीले गरेको प्रश्नमा महराले मिति यकिन भइनसकेको जवाफ दिए । राष्ट्रपतिको भ्रमण तिथिबारे चिनियाँ उच्च नेताहरुले छलफल गरेपछि मात्रै परराष्ट्रलाई जानकारी आउने संकेत महराले गरे । 
 
चीनले भ्रमणलाई उच्च महत्व दिएको बताउने महराले तत्कालिन केपी शर्मा ओलीको सरकारले गरेका विभिन्न सम्झौताका विषयमा कुरा कानी गरेपनि खासै सन्देश ल्याउन नसकेको बताइएको छ । 
 
केही दिन अघि उनका सहयोगिले भ्रमणका क्रममा ओली सरकारसंग भएको सम्झौताबारे छलफल भएको र आउँदा ती सबै विषयको विस्तृत जानकारी ल्याउने बताएका थिए । पूर्व प्रधानमन्त्री ओलीले समेत आफुले गरेका सबै सम्झौताको फर्मेट ल्याएर आउन भनेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ