arrow

पेन्ट्स व्यवसायीहरूको खेतीः उपभोक्ता स्वास्थ्य भन्दा आर्थिक धन्दामा केन्द्रीत !

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
paints_asian_berger.jpeg
काठमाडौं। ओखलढुङ्गा स्थायी घर भएका रामचन्द्र परियारले घरमा पेन्टस् लगाउने काम गरेको झण्डै ५ वर्ष जति भयो। उनी विहान पत्रपत्रिका वितरणको काम गर्छन् भने दिनभर र कहिले त रातीसम्म पनि पेन्ट्स लगाउने काममा लागिरहेका हुन्छन्। तर, शुक्रबार उनीसँग काठमाडौंको सिनामंगलमा भेट्दा उनले पेन्ट्समा प्रयोग हुने लीडको मात्रा बढी हुने गरेको र यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने विषयमासम्म पनि जानकारी नभएको बताए। 
 
उनले पेन्ट्स लगाउने विषयमा जानकारी भएको भएपनि पेन्ट्सबाट कस्ता समस्याहरू सिर्जना हुन्छन् भन्ने कुराको विषयमा आजसम्म कसैले नभनेको र आफूले पनि यसलाई धेरै महत्वका साथ नहेरेको पनि बताए।
 
हामीले यसरी प्रयोगकर्ताको अज्ञानता देखेपनि पेन्टस्हरूको बट्टामा मापदण्ड अनुसार सावधानीमूलक विषय उल्लेख गरिएको छ या छैन भनेर हेर्न जाँदा कुनैपनि पेन्ट्सले यस्तो सावधानी मूलक विषयहरू पेन्ट्सको बट्टामा उल्लेख नगरेको भेटिएको छ। कतिपयले त यस्ता पेन्ट्स प्रयोगगर्न सकिने अन्तिम मिति र मूल्य समेत उल्लेख नगर्ने गरेको पनि भेटिएको छ। 
 
सरकारले पेण्ट्समा ९० पीपीएमसम्म मापदण्ड भित्र रहेको मान्ने गरी २०७१ साल फाल्गुन ७ गते राजपत्रमा प्रकाशित भएर २०७२ असार ५ गतेदेखि लागूहुने गरी मापदण्ड जारी गरेको थियो। तरपनि मापदण्डको छेउछाउसम्म समेत नआईपुगेका पेन्ट्स उद्योगहरू खुलेहाम बजारमा हानिकारक सामग्री बेचिरहेका छन्। तर, यतिहुँदा सम्मपनि सरकार बेखबर छ र कुनैपनि कारबाही र यसबारे सचेतना समेत दिने गरेको छैन।
 
लीडको मात्राको सवालसँगै मूल्य र प्रयोग गर्न सकिने अन्तिम मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था मापदण्डले स्पष्टसँग तोकेको छ। तर, केही पेन्ट्स बाहेक अन्य कुनै पनि पेन्ट्सले मूल्यसूची र प्रयोग गर्न सकिने अन्तिम म्याद उल्लेख गर्ने गरेका छैनन्। अझ भन्ने हो भने यसको प्रयोगमा ध्यान दिनुपर्ने कुरा र प्रयोगकर्तालाई यसको प्रयोग र सचेतताको विषयमा सावधानी गराउने विषय उल्लेख गर्नुपर्ने भनेर पनि मापदण्डले तोकेको छ। 
 
तर, बजारमा अहिले पाईने कुनैपनि पेन्ट्सहरू न त त्यसभित्र प्रयोग गरिने लीडका हिसावले मापदण्ड भित्र छन् न त मूल्य र प्रयोगका हिसावले नै। यसरी मापदण्डलाई ठाडो चुनौती दिएर आफ्ना उत्पादनलाई बजारमा पठाएर उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्ने पेन्ट्स कम्पनीलाई कहिलेसम्म उन्मुक्ति दिईने हो त्यो भने हेर्दै जानु पर्नेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ