arrow

सिन्धुलीमा क्षयरोगीको संख्या ३ सय माथी

नेपालमा प्रति एक सय जनामा ४५ जनामा क्षयरोगको जिवाणु भएको अनुमान

logo
राजन परियार,
प्रकाशित २०७३ भदौ ४ शनिबार
TB.jpeg
सिन्धुली। क्षयरोग माईकोब्याक्टेरियम टयुबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । स्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोधी क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने  सक्ने चिकित्सकहरुले बताएका छन ।
 
सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ । त्यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । औषधी नियमीत खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने संभावना हुने भएकाले औषधीको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन ।
 
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रति एक सय जनामा ४५ जनामा क्षयरोगको जिवाणु भएको अनुमान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फ देशभरी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरिएको छ । सरकारी र नीजि स्वास्थ्य संस्थाका चार हजार दुई सय २१ केन्द्रबाट डट्स सेवा प्रदान गरिएको क्षयरोग केन्द्रले जनाएको छ । गएको वर्ष ३४ हजार १ सय २१ जना क्षयरोगीले डट्स उपचार सेवा लिएका थिए ।
 
त्यस्तै सिन्धुलीमा पनि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले गत वर्ष ३४२ जनालाई उपचार सेवा प्रदान गरेको जनाएको छ भने चालु आर्थिक वर्षमा जिल्ला भरिको तथ्याङक संकलन नभए पनि हाल सम्मको तथ्याङक अनुसार १४७ जनालाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ । क्षयरोगीहरुलाई सरकारले निशुल्क औषधी, औषधी सेवन निरन्तर गर्नेलाई प्रोत्साहन तथा पोषण भक्ता समेत प्रदान गर्दै आईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ