arrow

'सिटिईभिटीले हजारौं डेन्टल हाईजिनिष्टहरुलाई घरको न घाटको बनायो'

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
dental-ko-news.jpeg
काठमाडौं। नेपाल डेन्टल साईन्स् एशोसियसनका उपाध्यक्ष दोमबहादुर कटुवालले डेन्टल हाईजिनिष्ट अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई विचार गरेरमात्रै यो विषय अध्ययन गर्न सुझाव दिएका छन् । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष कटुवालले भने,‘डेन्टल हाईजिनिष्ट पढ्न चाहाने विधार्थीहरुले यसको क्षेत्रको बारेमा समेत विशेष ध्यान दिनुपर्ने मेरो सुझाव छ, किनकी म पनि यही विषय पढेको मान्छे हुँ, विगतमा मैले पनि यसको समस्या भोगेको छु, पढाई पुरा भएपछि काम गर्ने वातावरण छैन, रोजगारीको कुनै सुनिश्चितता छैन ।’ कटुवालले अघि थपे,‘रोजगारीको समस्या मात्रै होईन, उच्च शिक्षाको लागि  समेत विभिन्न बाधा, अड्चन र प्राविधिक समस्याहरु छन् ।’
 
उनका अनुसार सिटिईभिटी अन्र्तगर्त ०६२ सालदेखि सुरु भएको उक्त कोर्स हालसम्म देशभरि ८ वटा कलेजमा अध्ययन गराईँदै आएको भएपनि अहिले आएर समस्याग्रस्त बनेको छ । ‘यो सिपमुलक कोर्स भनेर अध्यापन गराईन्छ, तर यो आज आएर बेरोजगारमुलुक कोर्स साबित भएको छ’, उनले आक्रोश पोखे । 
 
सिटिईभीटिले कलेजलाई स्विकृत दिनेबाहेक अरु कुनै काम नगरेको समेत उनको गुनासो छ । उनले अघि थपे,‘आजसम्म सिटिईभिटिले यो कोर्सको औचित्य र आगामी दिनमा यसको स्कोप के हो भन्ने बारेमा नै कुनै स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकेको छैन ।’ उनले प्रश्न गरे,‘के सिटीईभिटिको काम स्विकृति दिनेमात्रै हो, यस्तै हो भने सिटिईभिटी बच्चा जन्माएर बाटोमै फालिदिने आमाको रुपमा चिनिनेछ ?’ त्यस्तै उनले सिटिईभीटिमात्रै नभएर उक्त कोर्स अध्यापन गराउने कलेजहरुले समेत यसको बारेमा कुनै चिन्ता र चासो नलिएको आरोप लगाए ।
 
 उनले अघि थपे,‘कलेजले आजसम्म विद्यार्थीको भविष्यको बारेमा एक शब्द पनि बोलेको छैन, उसको काम चर्को शुल्क असुल्ने मात्रै भएको देखिन्छ ।’ कटुवालले कलेजले झूठा आश्वासन दिएर विद्यार्थी भर्ना गरेको समेत आरोप लगाए । उनले कलेजले आफ्नो कलेजबाट उत्पादन भएका विद्यार्थीहरुलाई समेत आफ्नो अस्पतालमा रोजगारी नदिएको बताए ।
 
उनले उक्त कोर्स अध्ययन गर्ने विद्यार्थीहरु अहिले पाँच हजार पुगिसकेको बताए । सरकारले अहिलेसम्म उक्त कोर्स अध्ययन गर्नेलाई समेत कुनै ध्यान नदिएको उल्लेख गर्दै कटुवालले भने,‘सरकारले समेत यो कोर्स अध्ययन गर्ने विद्यार्थीको लागि कुनै कोटा नै निश्चित गरेको छैन, अहिलेसम्म जम्मा ७ जनाले सरकारी जागिर खाईरहेका छन् ।’ 
 
उनले आफूहरुले एक दशक लामो संघर्षबाट पाएका उपलब्धिहरु समेत अहिले आएर संस्थागत गर्न गाह्रो भएको स्पष्ट पारे । कटुवालले उक्त तीन वर्षे कोर्स सर्टिफिकेट ईन डेन्टल साईन्स अध्ययन गरेका विद्यार्थीहरुलाई दाँत फुकाल्न दिने सहमति विगतमा भएको उल्लेख गर्दै हाल आएर नेपाल डेन्टल एशोसियसनले आफहरुको अधिकारमाथि प्रश्न उठाएको गुनासो पोखे ।
 
उनका अनुसार अहिले उक्त कोर्स अध्ययन पुरा गर्न कम्तिमा पनि १० देखि १२ लाख खर्च हुन्छ । जसअन्र्तगर्त कलेजले मात्रै न्यूनतम साँढे तीन लाख देखि ५ लाखसम्म फि लिन्छ । विडम्बना त के भने यतिका रकम खर्च गरेर अध्ययन गरेका विद्यार्थीहरु अहिले रोजगारीको लागि खाँडी मुलुक पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ