काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विभागलाई पुनर्गठन गरेको छ ।
पार्टी अध्यक्ष पुष्प कमल दाहालको निवास लाजिम्पाटको बसेको केन्द्रीय कार्यालय बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पुनर्गठन गरेको हो ।
यस्तै, राजनीतिक तथा संगठनात्मक विषयमा निर्णय लिन बसेको बैठकले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति समेत गठन गरेको छ ।
बैठकले प्रदेश नम्बर १ को ईन्चार्जमा गोपाल किराँती र प्रदेश नम्बर ६ को ईन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ ।
अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । माओवादी केन्द्रले पार्टीको संगनात्मक संरचनालाई पूर्ण आकार दिने र व्यक्ति छनोट पार्टी अध्यक्ष दाहाललाई नै दिएको छ ।