रियो। ब्राजिलको रियो दि जेनेरियोमा नेपालकी अन्तिम प्रतिद्धन्द्धी निशा रावलले कास्य पदकको अवसर चुकाएकी छिन् । हेभिवेट ६७ केजीमाथिको प्रिक्वार्टरफाइनलमा निशा चिनियाँ प्रतिद्धन्द्धी सुयिन झेङसँग पराजित भए पनि कास्यको अवसरका लागि भएको खेलमा गलाडिज इपांगुसंग प्रतिस्पर्धात्मक खेलमा ४–३ ले पराजिति भइन्।
यसअघि चिनियाँ खेलाडीसंग पनि निशा प्रतिस्पर्धात्मक खेलमै २–० ले पराजित भएकी थिइन्। निकै साहसी प्रदर्शन गरे पनि निशा ऐतिहासिक पदकबाट पछाडि हट्नु परेको हो। योसंगै नेपालको रियो यात्रा सकिएको छ। नेपालबाट पाँच खेलमा सात खेलाडीले सहभागीता जनाएका थिए।
पौडीबाज शिरिष गुरुङ र सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। त्यसबाहेक पौडीबाज गौरिका सिंह, धावक हरिकुमार रिमाल, जुडो खेलाडी फुपूल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तान अनुभवमै सीमित रहे।