arrow

स्थानीय तह निर्वाचनः त्रियुगा नगरपालिकामा वसन्त, उपप्रमुखमा महेस्वरी, १६ मध्ये नौ वडामा कांग्रेस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
basanta-basnet-maheshwari-rai-triyuga-nagarpalika.jpg

उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमबार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । 

उनले १३ हजार ९५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी महेस्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् । 

नगरको १६ वडामध्ये कांग्रेस वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो । एमालेले वडा नं २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ । 

यस्तै माओवादी केन्द्रले वडा नं १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस त्रियुगा नगरपालिकामा गठबन्धन बिना एक्लै चुनाव लडेको थियो । उदयपुरको आठ पालिकामध्ये कांग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ । 

एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । 

उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ