arrow

वालेन्द्रको पहिलो बैठकको निर्णयः फोहर व्यवस्थापन गर्न कार्यदल, गुनासा सुन्न कल सेन्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
kathmandu-metro-mayor-team-2079.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले सोमबार शपथग्रहण गरेका छन् । शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले जनचासोका निर्णय गरेको छ । बैठकले विभिन्न सात निर्णय गर्ने क्रममा फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । 

बैठकले मेयर वालेन्द्र साहको संयोजकत्वमा उपमेयर सुनिता डंगोलसमेत रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदलको पहिलो बैठक मंगलबार बिहान ९ः३० बजे बस्नेछ । उक्त कार्यदलमा एमालेबाट उमेयरसहित दुई जना, नेपाली कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जना वडाध्यक्ष पनि रहने छन् । 

नगरकार्यसमितिको पहिलो बैठकले मतदातालाई धन्यवाद दिँदै जनगुनासो सुन्न कलसेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । उक्त कलसेन्टरका लागि भौतिक पूर्वाधारसमेत तयार गरिने छ । 

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।  नगर कार्यपालिकाको बैठकमा मेयर साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स शुरु गर्ने राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

तत्कालका लागि निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउनेसमेत निर्णय भएको छ । मेयर साहले उक्त बैठकमा केही रेष्टुरेन्टहरुले सहमति जनाइसकेको भन्दै अब पेट्रोल पम्पहरुसँग पनि कुराकानी गरेर संकेत चिन्ह राखिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ