arrow

पोखराको चिप्लेढुंगाबाट आठ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
juwa-ko-khal.jpg.jpeg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको चिप्लेढुंगाबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चिप्लेढुंगास्थित साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. १३ का जय परियार, पोखरा महानगरपालिका वडा नं. १५ का दीपक गुरूङ लगायत छन् ।

उनीहरुको साथबाट ८४ हजार ६५० रूपैयाँ नगद र ४ बुक तास बरामद भएको डिएसपी तिवारीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान शुरु भएको डिएसपी तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ