arrow

निर्वाचित भएको दुई सातामै बिते वडा सदस्य कोली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
Mahakali_Nagarpalika.png

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए । 

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ