arrow

फरार भारतीय नागरिक पक्राउ

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
arrested.jpeg
राजविराज । सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
 
जिवछलाई गोप्य सूचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सडेपारस्थित ससुरा कृष्ण साहको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका उनलाई अवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर पठाइएको प्रहरी उपरीक्षक ढकालले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ