arrow

मृगौलापीडित राईलाई इलाम समाज हङकङको सहयोग

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
Man-Bahadur-Rai-sahayog-2.jpeg

काठमाडौं । इलाम समाज हङकङले मृगौलापीडित मानबहादुर राईको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

दुवै मृगौला खराब भई उपचारका क्रममा रहेका इलाम नगरपालिका २ नारायणस्थानका राईका लागि समाजले ५५ हजार ८० रुपैयाँ सहयोग गरेको हो । राजधानीमा शनिबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष दीपा एवाई राई, सल्लाहकार गणेश पराजुलीले इलामेली समाज काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीलाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरे । सल्लाहकार पराजुलीले समाजका तर्फबाट व्यक्ति रूपमा सहयोग रकम संकलन गरिएको जानकारी दिए । त्यस्तै, समाजका उपाध्यक्ष राईले सामाजिक तथा विकासका कार्यमा जिल्लासँग समन्वय गर्न पाउँदा ऊर्जा मिलेको उल्लेख गर्दै अक्षयकोष स्थापना गरी अघि बढेको जानकारी दिइन् ।

विराटनगर, धरानलगायत पूर्वकै अस्पतालमा उपचाररत राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न १२ लाख लाग्ने चिकित्सकलाई उद्धृत गर्दै स्थानीय सन्तोषभक्त राजलवटले जानकारी दिए । उनका अनुसार करिब ७–८ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ ।

राजधानीमा भएको कार्यक्रममा इलामबाट काठमाडौ आएर बस्ने समाजसेवी इलामेहरु तथा श्रष्टाहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ