काठमाडौम। ब्राजिलमा जारी रियो ओलम्पिकमा ४३ स्वर्णसहित अमेरिका पदक तालिकाको शिर्ष स्थानमा यथावत छ। ४३ स्वर्ण हात पारिसकेको अमेरिकाको कुल पकद भने ११६ छ। स्वर्णसँगै अमेरिकाको खातामा ३७ रजत र ३६ काँस्य छ।
२७ स्वर्णसहित बेलायत पदक तालिकाको दोस्रो स्थानमा छ भने २६ स्वर्णसहित चीन तेस्रो स्थानमा छ। पदक तालिकामा यी दुई राष्ट्रबीच टक्कर चलिरहेको छ। ओलम्पिकको अघिल्लो संस्करण लन्डन ओलम्पिक २०१२ मा चीन दोस्रो र बेलायत तेस्रो भएको थियो।
समान १७ स्वर्णसहित रूस र जर्मनी पदक तालिकाको क्रमश: चौंथो र पाचौं स्थानमा छ। १२ स्वर्णसहित जापान पनि पदक तालिकाको छैठौं स्थानमा छ।
समान ९ स्वर्णसहित फ्रान्स र दक्षिण कोरिया पदक तालिकाको सातौं र आठौं स्थानमा छ। समान ८ स्वर्ण रहेको अष्ट्रेलिया र इटाली पनि पदक तालिकाको नवौं र दशौं स्थानमा छ।
रियो ओलम्पिकमा हालसम्म ८७ मुलुकले पदक हात पारेका छन्।