arrow

जिल्ला समन्वय समिति कास्कीको निर्वाचन जेठ २० मा, एमालेको स्पष्ट बहुमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
GSS Kaski.jpg

पोखरा । जिल्ला समन्वय समिति कास्कीको नेतृत्व चयनका लागि जेठ २० गते निर्वाचन हुने भएको छ । यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउने, छुट नामावली समावेश गर्न निवेदन दिने, संशोधित नामावली प्रकाशन, मातदाताको विरोधमा उजुरी र मतदाताको विरोधमा उजुरी परेमा छानविन गर्दै अन्तिम नामावली प्रकाशन जेठ १९ अर्थात शुक्रबार हुनेछ ।

यसैगरी उम्मेद्वार मनोनयन पत्र दर्ता, दर्ता भएका उम्मेद्वारका सूची प्रकाशन, उम्मेद्वारका दावी विरोध, दावी विरोध परेमा छानविन र अन्तिम नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता, उम्मेद्वारका अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान र मतदानसहित मतगणना जेठ २० गते अर्थात शनिबार हुनेछ । 

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला र एक जना दलित वा अल्पसंख्यक गरि नौ जना सदस्य रहनेछन् । यिनै पदमा जेठ २० गते निर्वाचन हुन लागेको हो । नेपालको संविधानको धारा २२० अनुसार जिसस निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । कास्कीको हकमा पाँच पालिकाका पाँच प्रमुख र पाँच उपप्रमुख गरी १० जना मतदाताले मतदान गर्नेछन्  ।

कास्कीका पाँच पालिकाका १० जना मतदातामध्ये ६ जना नेकपा एमालेका छन् । एमालेको स्पष्ट बहुमत रहेकाले जिसस कास्कीका सबै पदमा एमालेका उम्मेद्वार विजयी हुने सम्भावना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ