arrow

रियो ओलम्पिकका केही सम्झनलायक रेकर्ड

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
rio-de-janeiroOlympics.jpg.jpeg
काठमाडौं। खेलमा जित र हारसँग मात्र मबलब राखिँदैन। कुन खेलमा के कीर्तिमान भयो, यो पनि दर्शकले निकै चासो राख्ने विषय हो। विश्वकप फुटबल होस् वा कुनै खेलकुद समारोह, त्यहाँ विभिन्न कीर्तिमान रच्ने काम हुन्छ। यस्तै ब्राजिलमा जारी रियो ओलम्पिकमा पनि केही किर्तिमानहरू कायम भएका छन्।
 
रियो ओलम्पिकमा भएका केही कीर्तिमानहरू:
गौरिका सिंह (नेपाल): नेपालका गौरिका सिंह जारी रियो ओलम्पिकमा सहभागी हुनेहरू मध्य सबैभन्दा कम उमेरकी खेलाडी हुन्। १० हजार बढीले सहभागीता जनाएको रियो ओलम्पिकमा नेपालका १३ वर्षिय गौरिका कम उमेरका खेलाडी हुन्। पौडीवाज गौरिकाले १ सय मिटर व्याकस्ट्रोक र फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन्। यहीँ कारणले गौरिकाले ओलम्पिक सुरू हुन पूर्वै अत्याधिक चर्चा पनि बटुलेकी थिइन्। 
 
माइकल फ्लेप्स (अमेरिका): अमेरिकी पौडीवाज माइकल फ्लेप्स उसैपनि कहलिएका खेलाडी हुन्। रियो ओलम्पिकको प्रदर्शनले झन फ्लेप्सलाई थप उचाइमा पुर्याइदिएको छ। फ्लेप्सले रियो ओलम्पिकमा मात्र ५ स्वर्ण जिते। जसले गर्दा विश्व पुन: एकचोटी फ्लेप्सतिर फर्कन बाध्य भयो। फ्लेप्स ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी हुन्। फ्लेप्सको नाममा कुल २८ ओलम्पिक पदक छन् जसमा २३ वटा त स्वर्ण मात्र छ। 
 
उसेन बोल्ट: जमैकाका एथ्लेटिक्स खेलाडी उसेन बोल्टले रियो ओलम्पिकमा तीन स्पर्धामा स्वर्ण पदक हात पारेका छन्। उबले पुरुष १०० मीटर , २०० मीटर र ४*१०० मीटर दौडमा स्वर्ण पदक हात पारेका हुन्। उनले यसअघि सन् २००८को बेईजिङ ओलम्पिक र सन् २०१२को लण्डन ओलम्पिकमा पनि तीनवटै स्पर्धामा स्वर्ण पदक हासिल गरेका थिए। उनको यो रेक्रड आफैमा पहिलो हो।
 
ब्राजिल पुरूष फुटबल: ५ पटक विश्वकप फुटबल ट्रफी उचालेर आफुलाई फुटबल बादशाहको रूफमा चिनाउँदै आएपनि ब्राजिलले ओलम्पिकमा भने पुरूष फुटबलमा अहिलेसम्म स्वर्ण जित्न सकेको थिएन। तर अब त्यो कुरा पनि ब्राजिलले भंग गरिदिएको छ। जारी रियो ओलम्पिकमा जर्मनीलाई पाखा लगाउँदै आयोजक ब्राजिलले पुरूष फुटबलमा ऐतिहासिक स्वर्ण हात पारेको छ।
 
जोसेफ स्कुलिङ (सिंगापुर): जोसेफ स्कुलिङलाई धेरैले ख्याल नगरेको हुनसक्छ तर स्कुलिङलाई याद राख्नु पर्ने थुप्रै कारण छन्। सिंगापुरका स्कुलिङले पौडीको १ सय मिटर बटरफ्लाईमा आफ्नो मुलुकलाई ऐतिहासिक ओलम्पिक स्वर्ण दिलाए। मज्जाको कुरा त के छ भने स्कुलिङले फाइनलमा विश्वप्रख्यात अमेरिकी पौडीवाज माइकल फ्लेप्सलाई पाखा लगाएका हुन्। माइकल फ्लेप्स ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी हुन्। फ्लेप्सले रियो ओलम्पिकमा मात्र ५ स्वर्ण हात पारेका छन्। 
 
भियतनामको पहिलो स्वर्ण: जारी रियो ओलम्पिकमा एसियाली मुलुक भियतनामले पहिलो ऐतिहासिक स्वर्ण हात पार्यो।  सुटिङको पेस्तोलतर्फ भियतनामका लागि ४१ वर्षीय होयाङले स्वर्ण पदक हात पारेका हुन्। भियतनामले ६४ वर्षदेखि ओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आए पनि यसअगाडि स्वर्ण पदक जित्न सकेको थिएन।
 
जारी रियो ओलम्पिक खेलकुदमा पहिलो ऐतिहासिक स्वर्ण जितेपछि फिजीले जितको खुशीयाली राष्ट्रिय विदा दिएर मनायो। पुरूष रग्बी सेभेन इभेन्टमा बेलायतलाई पाँखा लगाउँदै फिजीले पहिलो ऐतिहासिक स्वर्ण हात पारेको हो। रग्बी सेभेनलाई यसै ओलम्पिक संस्करणबाट समावेश गरिएको हो। 
 
चिनियाँ डाइभर हि जीलाई उनको प्रेमीले अन द स्क्रिन गरेको विवाह प्रस्तावले सर्वाधिक चर्चा बटुल्यो। जारी रियो ओलम्पिक अन्तर्गत महिलाको ३ मिटर स्प्रिङबोर्ड इभेटमा रजत पदक जितेपछि जीलाई उनका प्रमीले विवाहको प्रस्ताव राखेका थिए जसलाई जीले पनि सहजै स्वीकारेकी थिइन्। अन द स्क्रिन भएको यो दृश्यले संसारको ध्यान तानेको थियो।



नयाँ