काठमाडौं । एएफसी कप २०१७ को ‘प्ले अफ’ पहिलो खेलमा नेपालको राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबले मंगोलियाको लिग विजेता इर्चिम क्लबलाई २–० गोलले हराएको छ ।
मंगोलियाको राजधानी उलनबटारमा भएको खेलमा थ्री स्टारले पहिलो हाफ अगाडि गोल गर्दै खेलमा सुरुवातबाटै अग्रता लियो । थ्री स्टारका लागि अफ्रिकन खेलाडी मार्टिन्सले खेलको १३औं मिनेटमा गोल गरे ।
दोस्रो हाफको ७५औं मिनेटमा बिक्रम लामाले गोल गर्दै टोलीको जित सुनिश्चित् गरे । इर्चिमले थुप्रै अवसर पाए पनि सुदुपयोग गर्न सकेन ।