arrow

गठबन्धनले जिसस कास्कीको प्रमुखमा ढकाल र उपप्रमुखमा थापालाई उठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Dipendra dhakal-usha thapa.jpg

पोखरा । कास्कीस्थित सत्ता गठबन्धनले जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा कांग्रेसका दीपेन्द्र ढकाल र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की उषा थापालाई उठाउने भएका छन् ।

ढकाल मादी गाउँपालिका वडा नं. १२ र थापा मादी गाउँपालिका वडा नं.७ का वडा सदस्य हुन् । सत्ता गठबन्धन दलहरुको तर्फबाट प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र) ले पाउने सहमति भएको बताइएको छ । 

यसैगरी जिसस सदस्यहरुमा कांग्रेसबाट मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा-४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेद्वार हुने भएका छन् ।

यसैगरी माओवादी केन्द्रबार माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का सुर्खबहादुर पुन पनि वडा सदस्य पदको उम्मेद्वार बन्ने भएका छन् । जिससको प्रमुख, उपप्रमुखसहित सदस्य पदका लागि जेठ २० गते निर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ