arrow

पूर्वराजा वीरेन्द्रको सम्झनामा दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Deep prajolan.jpg

पोखरा । पोखरामा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किरहेको बताए । राजा वीरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिंदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको बताए । साथै उनले नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक पुनःथापनामा सरकारले गरेको धरपकडप्रति अपत्ति प्रकट गरे । अध्यक्ष गुरुङले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनुपर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष विजय बहादुर भण्डारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समूहले गरेको हत्याकाण्डको कारण देशले दुःख भोग्नु परेको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु डा. महेन्द्र बहादुर कार्की, शंकर खराल, जिल्ला उपाध्यक्ष मनिष केसी, जिल्ला प्रवक्ता अरुण गिरी, सहसचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ रञ्जना सेन पौडेल, युवक संगठनका नेता सन्दिप कुँवर, विधान गुरुङ, निरज शर्मा, अमृत थापा लगायत सहभागी थिए ।

२०५८ साल जेठ १९ गते राति भएको दरबार हत्या काण्डमा राजपरिवारका सदस्यहरुको निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ