arrow

स्वर्गीय राजा वीरेन्द्रको शालिकमा माल्यार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
xking-virendra-statue-2080-.jpg

काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्र शाहको ७९ औँ जन्मजयन्तीको अवसर पारेर शनिबार ललितपुरको जावलाखेलमा रहेको उनको शालिकमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरिएको छ । 

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा राजा वीरेन्द्रको सम्पत्ती नेपाल सरकारको मातहतमा रहेकाले सरकारले नै उनको जन्मजयन्ती मनाउनु पर्ने जिकिर गरेका छन् । 

नेपाल ट्रष्टको नाममा राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ती रहेकाले सरकारले उनको जन्मजयन्ती मनाउनुपर्ने माग गर्नुपरेको योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले बताए । 

उनले भने, ‘नेपाल ट्रष्टले वीरेन्द्रको सम्पत्ती लुटेर खाने काम गरिराखेको छ । यो अत्यन्तै निन्दनीय कार्य हो । वीरेन्द्रको त्यो सम्पत्ती न श्रुतिका छोरीहरुले पाए । न त्यसको हकदार ज्ञानेन्द्र शाहले पाए । यसरी नेपाल ट्रष्टको दुरुपयोग भएको छ । वीरेन्द्र–ऐश्वर्यको जन्मजयन्तीमा नेपाल ट्रष्टले एउटा मालासमेत चढाउँदैन । त्यसमा पनि हामी आपत्ति प्रकट गर्दछौँ । नेपाल ट्रष्टको निन्दा गर्दछौँ । नेपाल ट्रष्ट सरकारले राजा वीरेन्द्रको सम्पत्ति लुटीखाने एउटा कम्पनीको रुपमा खडा गरेर ५ हजार भन्दा बढी रोपनी जग्गाहरु आफैँले दुरुपयोग गरेको देखिन्छ । त्यसैले नेपाल ट्रष्टले नै वीरेन्द्रको जन्मजयन्ति मनाओस् भन्ने हामी आग्रह गर्दछौँ । ’

कार्यक्रममा स्व. राजा शाहको देशभक्तिको भावना, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पुर्याएको योगदान लगायतको पनि कार्यक्रममा स्मरण गरिएको थियो । 

विक्रम सम्वत् २००२ साल पुस १४ गते अर्थात् आजैकै दिन स्व.राजा वीरेन्द्रको जन्म भएको थियो । उनी र उनको परिवारको वंश विनाश २०५८ साल जेठ १९ गते भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ