arrow

वीरेन्द्रका वंशनाशको २२ वर्ष, हत्याकाण्ड रहस्यमै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
king-birendra-queen.JPG

काठमाडौं । आज तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको २२ वर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्ड का रूपले चिनिन्छ । राज्यको भौगोलिक अवस्थालाई हेरेर प्रशासनिक क्षेत्रको सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रको पारिवारिक जमघटकै सयमा रहस्यमय हत्या भएको कहालीलाग्दो घटनाक्रम मानिन्छ । 

दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित शाही परिवारका ९ जनाको हत्या भएको थियो ।  घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य,  युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, नीराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो । 

दरबार हत्याकाण्डको २२ वर्ष बित्दा समेत छानबिन हुन सकेको छैन । तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन भए पनि हाल सम्म कुनै तथ्य बाहिर आएको छैन । हत्याबारे अनेक अड्कलबाजी भए पनि तथ्य बाहिर आउन सकेको छैन । तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिवेदनले जनाए पनि त्यसमा अझै ठूलो जनसमूहलाई अंशका रहेको छ । 

समितिका अनुसार सो रात राजदरबारमा रात्रीभोज चलिरहेको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका एक दर्जनभन्दा बढी व्यक्तिको उपस्थिति थियो । सो रात्रीभोजका आयोजक राजकुमार दीपेन्द्र राति ८ बजे हलमा आएका थिए । उनी पूर्ण सैन्य पोशाकमा थिए। उनको एक हातमा आधुनिक सबमशीन गन र कोल्ट राइफल थियो। उनको वर्दीमा ९ एमएमको पेस्तोल राखिएको थियो । दीपेन्द्रले बुबा राजा वीरेन्द्रलाई हेरेर दाहिने हातमा समातेको सबमेसिनगनको ट्रिगर थिचे । त्यसपछि केही मिनेटमै त्यहाँ उपस्थित शाही परिवारका ९ जनाको हत्या भयो । अन्त्यमा राजकुमार दीपेन्द्रले आफैलाई पनि गोली हाने ।

वीरेन्द्रका दुई भाइ मध्य ज्ञानेन्द्र मात्रै बाँकी छन् । धिरेन्द्र शाहको समेत वीरेन्द्रको परिवारसँगै हत्या भएको थियो । वीरेन्द्र दशौं शाहवंशीय राजा थिए । उनले विक्रम संवत् २०२८ माघ १७ गते सोमबार शासन सत्ता सम्हालेका थिए । यता वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्रले गद्दी सम्हाले । त्यसपछि उनीमाथि दरबार हत्याकाण्ड रचाएको भन्ने हल्ला पनि चलेको थियो । 

गणतन्त्र आएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले आफू दरबार हत्याकाण्डको छानबिन गर्न सहयोग गर्ने भन्दै राजदरबारबाट बाहिरिएका थिए । 

प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको पनि वर्षौ भइसकेको छ । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । तर अनुसन्धान हुनेमा शङ्का नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ