arrow

“सुआहारा विहिन शिविरका सुत्केरी”

पोषिलो आहार नपाउँदा शरिर कमजोर

logo
यादव आचार्य,
प्रकाशित २०७३ भदौ ५ आइतबार
Sutkeribardiya.jpeg
बर्दिया। दुई वर्ष अघि साउनको अन्तिम साता बबई नदीको वाढीवाट विस्थापित भै बर्दियाका विभिन्न स्थानका शिविरमा आश्रय लिँदै आएका महिलाहरु सुआहारा विहिन वनेका छन् । बाढीबाट घरखेत गुमाएका उनीहरु आधारभुत खाद्यान्नको अभावमा मानविय आवस्यकता पूर्ति गर्न नसकेका हुन् । 
 
शिविरमा आश्रित सामान्य र बृद्ध महिलाहरुको पिडा त एकातिर छँदैछ अर्को तिर शिविरमै वच्चा जन्माएका सुत्केरी महिलाहरुको पनि पोषिलो खानेकुराको अभावमा शारिरिक अवस्था दिन प्रतिदिन कमजोर वन्दै गैरहेको छ । प्रकृतिले ठगेपछि शिविरमा वस्दै आएका वाढीपिडित सुत्केरी महिलाहरु राज्यले पुर्नस्थापन गर्न नसक्दा महिलाको प्रजनन् स्वास्थ्य अधिकारबाट समेत वञ्चित छन् ।
   
“दुई वर्ष देखि शिविरको वासले हैरान छौ”– गुलरिया स्थित तुल्सिपुरको शिविरमा वस्दै आएकी सुत्केरी महिला ईश्वरी रानाले भनिन् । “सजिलो सँग वस्नु त के सुत्केरी शरिरले स्याहार सम्म पाएन”– उनले थपिन् –“सुत्केरीले पोषिलो खानु पर्छ, न्यानोमा वस्नु पर्छ भन्ने त थाहा छ तर के गर्नु राम्रो सँग ज्वानोको झोल पनि पिउन पाएनौ” ।  
 
“पोषिलो खानेकुराको अभावमा आफू त कमजोरी छँदैछु वच्चाको समेत स्वास्थ्य कमजोर हुँदै गैरहेको छ”– गहभरी आँसु झार्दै उनले भनिन् –“वर्षाको समय छ पानी आउँदा शिविर भित्रै भरिन्छ सुत्केरी शरिर चिसोमा पानी फाल्नु पर्छ” । “पानी फाल्दाको चिसोले होला शरिर दुख्ने, सुन्निने गर्छ” –उनले समस्या वताईन् –“केटाकेटी हरुलाई चिसोले निमोनिया, रुघाखोकी लगायत ज्वरो आएको छ” ।
 
“वाढीका बखत दाताले दिएको शिविरको त्रिपाल फाटेपछि धोतीले वेरेर वस्नु परेको छ”– शिविरकी आश्रीत महिला लक्ष्मी राना वताउँछिन् । “हाल सम्म पनि सरकारले पुर्नस्थापन नगर्दा थप पिडा खेप्नु परेको छ”– उनी भन्छिन् –“हामीलाई धेरै केही होईन घर वनाउने एक टुक्रा जमिन मात्र दिए पुग्छ तर राज्यले सुनुवाई नगर्दा कष्टकर जीवन वाँच्न वाध्य छौ” ।
 
“महिलाको प्रजनन् स्वास्थ्य अधिकार अन्र्तगत सुत्केरीले पोषिलो खानेकुरा खानु पर्छ, शरिरलाई आराम दिनु पर्छ तर शिविरमा वस्दै आएका सुत्केरी महिलाहरु त्यो अधिकारबाट वञ्चित छन्”– रानाले थपिन् –“हामीलाई त खोई सरकारले पनि हेरेन राजनितिक दलले पनि वास्ता गरेनन्” । 
 
बर्दियामा शिविरमा वस्दै आएका गुलरिया नगरपालिका रामपुर टप्परका ४३ घरपरिवार, वनियाभारका ९८ घरपरिवार र चेपाङ्गका २१ घरपरिवार गरी १ सय ६२ घरपरिवारलाई सरकारले अझै पुर्नस्थापन गर्न सकेको छैन । प्रति घर १ लाख २५ हजार रुपैयाका दरले पुर्नस्थापन वापतको रकम दिने वताईए पनि हालसम्म सो रकम नपाएको पिडित हरुले वताएका छन् । 
 
नेपालमा महिला अधिकारका सवालमा यत्रतत्र आवाज उठ्ने गरेको पाईन्छ । तर बर्दियाको शिविरमा वसेका महिलाको स्वास्थ्य, शिक्षा लगायतका सवालमा कसैले आवाज उठाएको पाईदैन । शहरमा वस्ने र धनी परिवारका महिलाहरु आफूलाई अधिकार सम्पन्न महशुस गरेपनि आधारभुत अधिकारबाट वञ्चित ग्रामिण महिलाको उत्थानको लागि सवैले आवाज उठाउनु जरुरी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ