arrow

जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
GSS Kaski.jpg

पोखरा । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल विजयी भएका छन् ।

शुक्रवार सम्पन्न निर्वाचनमा प्रमुखमा पौडेलसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । पोखरा महानगरपालिका वडा नं. २२ बाट निर्वाचित पौडेलले जिससमा नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गरे । 

यस्तै, उपप्रमुखमा एमालेकी सरिता कुमाल विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी उषा थापालाई पराजित गरेकी हुन् । 

यसैगरी जिससको सदस्यहरुमा पोखरा-२१ की सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ती र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै र शुकमाया नेपाली निर्वाचित भएका छन् । 

जिससमा निर्वाचित सबैको शपथग्रहण कार्यक्रम जिससकै सभा हलमा भोलि बिहान ८ बजे हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ