arrow

शिखरको अफरः केटाले लाउँदा केटीले पाउने

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
shikhar-shoes.jpg.jpeg
काठमाडौं। जुत्ता चप्पलको बजारमा नेपालको नम्वर एक ब्राण्ड शिखर शुजले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वको शुभारम्भको संकेत गरेको छ। नेपाली महिलाहरुको महान चाड तीज तथा निकट भविष्यमै आउन लागेका नेपालीहरुको महान चाड दशै तिहार छठ लगायतका चाड पर्वलाई लक्षित गरि शिखरले उपभोक्ताहरुको लागि नयाँ अफर ल्याएको हो। 
 
शिखरले ल्याएको नयाँ अफर अनुसार एक जोर शिखरको जेन्ट्स जुत्ता किन्दा एक जोर लेडिज चप्पल सित्तै पाइने भएको छ। शिखरका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले १५ सय र सो भन्दा माथिको जेन्ट्स जुत्ता किन्दा ५ सय हाराहारीको लेडिज चप्पल दिइने अफर ल्याइएको बताए। यसलाई केटाले लाउँदा केटीले पाउने योजनाको रुपमा पनि बुझ्न सकिने कम्पनीले जनाएको छ। 
 
यो योजना उपभोक्ताको परिवार लक्षित कार्यक्रम रहेको शिखर व्यवस्थापनले जनाएको छ। पारिवारिक रुपमा एक जनाको सामान किन्दा अर्कोको सामान सित्तैमा पाउने भएपछि यो योजना उपभोक्ताहरुको लागि रुचिको विषय बन्ने कम्पनीको विश्वास छ। 
 
यो नयाँ अफर कम्पनीका निर्देशक संगिता कडरिया प्रसाईले आफ्ना पति तथा प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईलाई सुझाएपछि यो सिजनको पहिलो अफरका रुपमा बजारमा लगिएको प्रसाईले बताए। 
 
शिखरले यसै क्रममा शनिवारबाट बजारमा केटा तथा केटीले लाउने पियू चप्पल बजारमा ल्याएको छ। विभिन्न साइजका जुत्ताहरु बनाउँदै आएको शिखरले अब भने  विभिन्न साइजका पियू चप्पल पनि उत्पादन गरि विक्री वितरण शुरु गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ