arrow

राफा शासनः २२ औं ग्राण्डस्लाम जित्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
rafael-nadal-record-holder-2022.jpg

काठमाडौं । वर्तमान टेनिसको जगतका सर्वाधिक सफल खेलाडी हुन् रफाइल नदाल । स्पेनिश टेनिस स्टारले अहिलेसम्म विश्वका कुनै पनि खेलाडीले हासिल गर्न नसकेको सफलता चुमिरहेका छन् । 

उनले अहिलेसम्म २२ वटा ग्राण्डस्लाम जितिसकेका छन् । तीमध्ये सबैभन्दा प्यारो उनको फ्रेन्च ग्राण्डस्लाम नै हो । उनले यो उपाधिमात्र चौधौं पटक जितेका छन् । यो उपाधि यतिधेरै कसैले जितेको छैन । अर्थात् क्लेकोर्ट स्पेशलिष्ट नदालले २१ औं शताब्दीलाई राफा शासनकै रुपमा विश्वमा राज गरिरहेका छन् । 

उनले २० ग्राण्डस्लाम विजेताहरु स्वीस खेलाडी रोजर फेडेरर र सर्बियन खेलाडी नोभाक जोकोभिचलाई पछि पारेका छन् । 

१४ औं फ्रेन्च ओपन टेनिसको उपाधि भने राफाले सजिलै जिते । पेरिसमा आइतबार राति सम्पन्न फाइनलमा आठौं वरियताका नर्वेजियन खेलाडी कास्पर रुडलाई सजिलै हराए । 

क्ले कोर्ट किंग नदालले कास्परलाई ६–३,६–३ र ६–० ले हराए । 

२३ वर्षे रुड ३६ वर्षे नदालकै चेला हुन् । उनले सन् २०१८ देखि मयोर्कामा रहेको नदालको एकेडेमीमा ट्रेनिङ गर्दै आइरहेका छन् ।  

नदालले अर्को कीर्तिमान पनि राखेका छन् । रोँला ग्यारोँमा सबैभन्दा पाको खेलाडीले उपाधि जित्ने कीर्तिमान पनि राफाले राखेका छन् । 

उनले ३६ वर्ष २ दिनमा आइतबार राति (५ जुन, २०२२) मा यो उपाधि जिते ।सन् १९२५ देखि शुरु भएको रोँला ग्यारोँको इतिहासमा यसअघि सन् १९७२ मा एन्द्रेस गिमेनोले ३४ वर्ष १० महिनाको हुँदा यो उपाधि जितेका थिए । 

महिलातर्फको यसपटकको फ्रेन्च ओपन भने विश्व नम्बर एक खेलाडी इगा स्वेटेकले जितेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ