arrow

सातौं राष्ट्रिय खेलकुदमा १०५५ पदकका लागि ४४४५ खेलाडीबीच प्रतिस्पर्धा

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
7th-national-games.jpeg
काठमाडौं । आगामी मंसिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा  हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन् ।  सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको ललितपुरको सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
 
समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टले जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुने जनाए । प्रत्यक्षतर्फ  खेलाडी संख्या जम्मा १ हजार ५ सय ४५ रहेको छ ।
 
त्यस्तै ३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधि राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ ।  बैठकले विभिन्न जिल्लामा खेलस्थल पनि निर्धारण गरेको छ । सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ ।
 
सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ । कांस्य पदक ४ सय ५७ छ ।बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
 
त्यस्तै सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ । राखेपले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरिसकेको छ ।
 
सातौंअन्तर्गत पौडी, ट्रायथलन, शारीरिक सुगठन र एथलेटिक्सको म्याराथन सम्पन्न भइसकेको छ ।



नयाँ